
माधब पनेरु पोखरा २२ मंसीर । सरकारले घोषणा गरेको नयाँ नगरपालिकाका कार्यकारी अधिकृतहरुको पश्चिमाञ्चल स्तरिय कार्यसम्पादन संझौता पोखरामा सम्पन्न भएको छ ।
नगरबिकास प्रशिक्षणमा भएको संझौतामा कार्यक्रममा संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका सचिव र नगर प्रमुखहरुको तर्फ बाट पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले हस्ताक्षर गरे । नयाँ कार्यसम्पादन संझौता अनुसार फोहरमैला ब्यबस्थापन लाई मुख्य रुपमा उठाईएको छ । नगर प्रमुख को समेत जिम्मेवारी सम्हालेका कार्यकारी अधिकृतले आधा समय कार्यालयमा र आधा समय जनताको समस्या बुझन फिल्ड समय छुट्टाएर काम गर्न मन्त्रालयका सह– सचिब गोपिनाथ खनालले र्निदेशन दिए ।
अहिले थपिएका नगरपालिकाले पुर्बाधार बिकासमा जोड दिएर काम गर्न उनले आग्रह गरे । बाटो , पानी तथा अन्य बिकासका पुर्बाधार संगै मानिसहको चेनतास्तर बृद्धि गराउन नगरपालिकाले ध्यान केन्द्रीत गर्नुपर्ने खनालले भनाई थियो । मन्त्रालयका सचिब डा. सोमलाल सुबेदीले नगरबासिको गुनासो नआउने गरि काम गर्न र्निदेशन दिएक थिए । उनले भष्ट्राचार शुन्य बनाउन र छुटेका जग्गा दर्ता नगर्न पनि आग्रह गरे । कार्यक्रममा पोखरा उप –महानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले समेत बोलेका थिए ।
यस अघि पोखरा उप–महानगरपालिकामा भर्खरै समहीत भएको लामाचौर गाविसलाई नगरपालिकाको वडा न. १९ घोषणा गरिएको छ । नगरपालिका घोषणा संगै लामाचौर गाबिस अब नगरपालिका अन्र्तगतको वडा न. १९भएको छ । यस अघि गाबिस सचिवको जिम्मेवारी लिएका थानेश्वर ढुगांनाले वडा सचिवको जिम्मेवारी पाएका छन । वडा घोषणा कार्यक्रममा सभासद कुमार खड्का, कास्की जिल्ला स्थित राजनितिक दलहका नगर संयन्त्र सदस्यहरुले बोलेका थिए ।
त्यसै गरी सोमबार नै पोखरा उपमहानगर पालिकामा ल्याईएको नया फोहर उठाउने गाडीको शुभारम्भ गरिएको छ । मन्त्रालय अन्र्तगत रहेको जगेडा कोष र नगरपालिकाको १० प्रतिशत रकमबाट फोहर उठाउने गाडी खरिद गरिएको हो । यो संगै अव नगरपालिकामा फोहर उठाउने गाडी १३ वटा पुगेका छन ।

