
माधब पनेरु, मंसीर २३ पोखरा / सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संबैधानीक निकायहरुमा कर्मचारीहरु जान नमानेको बताएका छन् । खासगरी भ्रष्टाचार गर्न मिल्ने कार्यालयमा मात्र कर्मचारीहरुको आकर्षण बढेका उनको भनाइ छ ।
मंगलबार पोखरामा अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजित अन्र्तक्रृया कार्यक्रममा मन्त्री पण्डितले भ्रष्ट मानसीकता नत्यागेसम्म सुशासन नहुने उल्लेख गरे। उनले निजी क्षेत्रहरुले सरकारी कर्मचारीहरुलइ भ्रष्टाचारमा सघाइरहेको र ४० प्रतिशत सरकारी कर्मचारीहरु निजी क्षेत्रबाट प्रयोग भइरहेको बताए ।
अहिले राष्ट्रसेवकहरु अख्तियारमा जान नमान्ने भन्दै उनले अन्य संबैधानिक निकायमा पनि कर्मचारी सरुवा हुन नमान्ने खुलासा गरे ।
अर्थमन्त्रालय रोज्नुको पछाडीको कारण भन्दा भष्टाचार त्यही छ भन्ने दरिलो नमुना भएको उनको भनाई थियो । देशमा सु– सासनका कुरा गर्नेहरु बाट नै ब्यापक भष्टाचार भएको छ । जो बढी कुरा गर्छ उसैले धेरै भष्टाचार गरिरहेको अबस्थामा कोही पनि चोखो हुन नसक्ने मन्त्री पण्डितको तर्क थियो । देशको बारेमा सोच्नेहरुको कमी भएका कारण मुलुकले फड्को मार्न नसकेको उनको भनाई थियो । कार्यक्रममा सहभागि बिभिन्न कार्यलयका प्रमुख तथा संघ सस्थाका प्रतिनिधिहरुले भष्टाचार बढीरहेकोमा चिन्ता ब्यक्त गरेका थिए । अन्तराष्ट्रिय भष्टाचार बिरुद्धको दिबस बुधवार नेपालमा बिभिन्न कार्यक्रम गरि मनाईदैछ । पश्चिमाञ्चल क्षेत्रमा भने महामेलाको आयोजना गरिएको छ ।

