
माधब पनेरु,पोखरा मंसीर २३ / मुल नेतृत्व बिप्लव तर्फ लागेपछि बैद्य माओबादीले कास्कीमा नयाँ समिति र्निमाण गरेको छ । तमुवान राज्य सह– सेक्रेटरी हरि बहादुर चुमानको नेतृत्वमा भेला आयोजक समिति बनाईएको छ ।
पार्टी सचिब देव प्रसाद गुरुङ्गको उपस्थितीमा प्रशिक्षणमा कार्यक्रम पनि सम्पन्न भएको छ । पार्टी सचिब देब गुरुङ्ग, केन्दीय सदस्य श्रीनाथ अधिकारी ,बशन्त राज्य सेक्रेटरी प्रभा लगायतका नेताहरुको प्रशिक्षणमा सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा सचिब गुरुङ्गले विप्लव स्वयं एमाओबादी संग एकता गर्न लालायित भएको आरोप लगाए । सक्ताका लागि बिप्लवले पार्टी बिभाजन गरेको भन्दै उनले कुचोले बडार्नुपर्ने धुलो हावाले उडाएको भन्दै बिचलित नहुन कार्यकर्तालाई आग्रह गरे ।
तत्कालीन सचिब नेत्रबिक्रम चन्द अलग भएपछि कास्कीमा माओबादीले कार्यकर्ता प्रशिक्षण राखेको हो । पार्टी फुटेपछि कति कार्यकर्ता आफुतिर छन भन्ने पत्ता लगाउनको लागि पनि प्रशिक्षण कार्यक्रम राखिएको प्रशिक्षण कार्यक्रममा सहभागि एक नेताले जानकारी दिए । प्रशिक्षणमा पार्टीको धारणा बुझन कार्यकर्ताहरु सहभागि भएका थिए ।

