महोत्सवको स्टलबाटै सामान चोरी भएको ब्यबशायीको आरोप, आतंकित पर्न मात्र खोजिएको प्रहरीको दाबि, छानबिन हुन्छ–आयोजक

Share:

गोकुल बानियाँ,पोखरा २३ मंसिर / ब्यापारका लागि स्टलमा राखिएका समानहरु लथालिङ्ग भएपछि मंगलबार कास्कीको लेखनाथमा भैरहेको ११ औ लेखनाथ महोत्सवमा ब्यबशायिहरु आक्रोशित भए ।बेलुका थन्काएर गएको सामान बिहान आउदा लथालिङ्ग र केही सामान हराएपछि उनिहरुले ब्यबस्थापन र सुरक्षाको कमजोरीका कारण सामान हराएको आरोप लगाए ।

lekhnath

करिब १०० वटा स्टलमा सामान हराएपछि ब्यबशायिहरुले स्टल बन्द गरेर आयोजकको ध्यानाकर्षण गराए । महोत्सवमा राखिएको सिसि क्यामेरा र सुरक्षा टुकडीलाई चुनौती दिदै स्टलबाट सामान चोरी भएपछि उनिहरु ब्यापार गर्ने कि नगर्ने भन्ने बिषयमा अन्योल भए ।

रेडिमेड, घडी, चस्मा, सिरक लगायतका पसलबाट समान चोरी भएको छ । आयोजकले भने चोरी भएको सामानको एकिन बिबरण पेश गर्न ब्यबशायिहरु लाई आग्रह गरेको छ । महोत्सवको सुरक्षाको जिम्मा लिएको प्रहरीको आँखा छलेर चोरी गरिएको सामानको बारेमा केही पत्ता लगाउन भने सकिएको छैन । कसले ,कसरस् सामान चोरी गरेको हो भन्ने बिषयमा प्रहरी पनि बेखबर छ । हामिले दिएको सुरक्षामा कुनै कमी छैन , कति सामान थियो र कति हरायो भन्ने बिषयमा ब्यापारीहरुले पनि एकिन गर्न सक्नुपर्छ भन्ने प्रहरीको भनाई छ ।

आयोजकले भने स्टल नखोलेपनि दर्शकलाई प्रबेश गराएर स्टेज कार्यक्रम सुरु गरेको थियो । महोत्सवको बिमा गरिएको र बिमा कम्पनीका आधारमा काम गरिने उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मी त्रिपाठीले बताए । केही कमजोरी आयोजकको तर्फबाट भएको स्वीकार गर्दे त्रिपाठीले अबका दिनमा त्यस्तो हुन नदिन आयोजक सजक भएको बताए । प्रहरीको सुरक्षा भित्र सामान हराउनु रहस्यमय बनेको छ । पछिल्लो समय बढीरहेको महोत्सवहरुलाई नै चुनौती दिदै स्टलबाट सामान हराउन थालेपछि ब्यबशायिहरुले अबका दिनमा स्टल राख्न पनि धेरै सोच्न पर्ने भएको बताए ।

प्रहरी निरिक्षक नवराज भट्टराईले पाल पत्तीले चिरिएको अबस्थामा भेटिएपनि सामान चोरी भएको सम्बन्धमा पुष्टी हुन बाकी रहेको बताए । गेटमा पर्याप्त सुरक्षा ब्यबस्था रहेकाले बाहिरी मानिसले चोरी गर्न सक्ने कुनै सम्भाबना नरहेको र आतकिंत पार्ने उद्देश्यले सामान राखिएको पाल पत्तीले चिरिएको उनले बताए । तर ब्यबशायिहरुले भने चोरी नभएको भन्ने कुरालाई अस्विकार गर्छन ।

लेखनाथ १ भण्डारढिक स्थित प्रस्ताबित रंगशालामा मंसिर १८ देखि जारी महोत्सब २९ गतेसम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: