राष्ट्रसंघद्धारा अहिलेसम्मकै बढी १६ अर्ब डलर सहयोग जुटाउन अपील

Share:

काठमाडौं, मंसिर २३ । संयुक्त राष्ट्रसंघले आगामी वर्षका लागि मानवीय सहयोगका रुपमा अहिलेसम्मकै बढी रकम जुटाउन अपील गरेको छ । यसका लागि १६ अर्ब डलरको कोष जरुरी पर्ने राष्ट्रसंघले जनाएको हो ।

united nations

वार्षिक रुपमा राष्ट्रसंघको इतिहासमै सबैभन्दा बढी सहयोग अपील मानिएको यो रकमको आधाभन्दा बढी हिस्सा त सिरियाली शरणार्थीका लागि खर्चिनुपर्ने जनाइएको छ । सात अरब डलरभन्दा बढी रकम सिरियाली संकटमा फसेका र घर छाडेर शरणार्थी बनेकाहरुलाई सहयोग गरिने छ ।

यसका साथै अफगानिस्तान, इराक, मध्य अफ्रिकी गणतन्त्र, दक्षिणी सूडानलगायत देशमा सहयोग रकमको खर्चिइने छ ।

सन् २०१४ का लागि आवश्यक १३ अरब डलर नजुट्दा कतिपय अत्यावश्यक क्षेत्रमा सेवा कटौती गर्नुपरिरहेको पनि ‘यूएन’ले जनाएको छ । गत हप्तामात्रै विश्व खाद्य कार्यक्रमले सिरियाली शरणार्थीको खाद्य सामाग्रीमा कटौती गर्नुपरेको जनाएको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: