गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

Share:

चितवन, १३ पुस ।
गैंडाको आक्रमणबाट चितवनको मेघौलीमा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा मेघौली–५ बस्ने ६४ वर्षीय नाथुराम चौधरी रहेका छन् ।
गैँडाको आक्रमणबाट गम्भीर घाइते चौधरीको भरतपुर अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सदाबहार सामुदायिक वनका सदस्य चौधरीलाई हिजो वन निरीक्षण गर्न जाने क्रममा गैँडाले आक्रमण गरेको थियो । उनको खुट्टा, छाती र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: