एयर एसियाको विमान वेपत्ता, १ सय ६२ यात्रुको अवस्था अज्ञात

Share:

काठमाडौं, पुस १३

एयर एसियाको एउटा विमान वेपत्ता भएको छ ।

इन्डोनेसियाबाट १ सय ६२ यात्रु बोकेर सिंगापुरका लागि उडेको फ्लाइट नम्बर QZ 8501 को विमान सम्पर्क विहिन भएको हो । विमान वेपत्ता भएको एयर एसियाका अधिकारीहरुले पुष्टि गरेका छ ।

इन्डोनेसियाका यातायात मन्त्रालयका अधिकारी हादी मुस्तफाका अनुसार स्थानीय समय अनुसार बिहान ७ः२४ बजे देखि विमान सम्पर्क विहिन भएको हो ।
उनका अनुसार सम्पर्क बाट हराउनु पूर्व विमानले असामान्य रुटका लागि अनुमति मागेको थियो ।

उक्त विमान एअर बस A320-200 रहेको एयर एशिया ले जनाएको छ ।
विमान स्थानीय समय अनुसार बिहान ८ः३० बजे सिंगापुर अवतरण हुनुपर्ने भएपनि अहिलेसम्म कुनै सिग्नल पत्ता नलागेको अधिकारीहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: