‘जिन्दगी रक्स’ भन्दै फिल्मको यूनिट पोखरामा

Share:

ZindagiRocksरेम बिक/ पोखरा, १३ पुस। नेपाली फिल्म जिन्दगी रक्सको टोली प्रचारप्रसारको क्रममा पोखरा आईपुगेको छ । आईतबार टोलीले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि फिल्मको बारेमा जानकारी दिएको छ । फिल्म युवापुस्तालाई लक्षित गरि निर्माण भएको जानकारी दिँदै उपस्थित पत्रकारहरुलाई टोलीले फिल्मको ट्रेलर र गीतको भिडियो देखाएको थियो ।

फिल्मको मुख्य कलाकारहरु मध्येका एक सोनाम पाख्रिनसहित सहनिर्माता सुजिता श्रेष्ठ, कलाकार तथा मुख्य सहायक निर्देशक विनोद मैनाली र ड्रेस डिजाईनर आल्या गिरीको टोली पोखरा आईपुगेको हो । शनिबार बुटवलमा पत्रकार सम्मेलन गरेर टोली पोखरा आईपुगेको हो । पोखरामा पत्रकार सम्मेलनसँगै आईतबार स्थानिय मिडियाहरुमा फिल्मको टोली पुगेको थियो । टोलीले सोमबार पोखराका विभिन्न कलेजहरुमा विद्यार्थीहरुमाझ फिल्मको बारेमा जानकारी दिनेछ ।

विशेषगरि युवापुस्तालाई लक्षित गरि निर्माण भएको फिल्म जिन्दगी रक्स रोमान्टिक लभस्टोरीमा आधारित फिल्म हो । फिल्मको बारेमा जानकारी दिँदै फिल्मका सहनिर्माता सुजिता श्रेष्ठले साथीहरुबीच एउटा यात्रामा हुने विभिन्न किस्साहरु नै फिल्मको मुख्य कथासार रहेको बताईन् । काठमाण्डौदेखि चितवनसम्मको चार दिने यात्रा बीच नै फिल्म घुमेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

निकेश खड्काको डेब्यू निर्देशन रहेको फिल्ममा सौरमराज तुलाधर, अकेशा विष्ट, सोनाम पाख्रिन, प्रकृति श्रैष्ठ,ऋचा शर्मा, मकान राई लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । हरि हुँमागाईले खिचको फिल्मलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । फिल्ममा पाँचवटा गीत समावेश गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: