१६ औं पोखरा सडक महोत्सब सुरु , फेवातालको जलकुम्भी हटाउन र फुटट्रयाक बनाउन भारत तयार– राजदुत रे

Share:

गोकुल बानियाँ÷ पोखरा १३ पुस । पोखरामा १६ औं सडक महोत्सब सुरु भएको छ । पोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाईडमा आयोजित पाँच दिने महोत्सबको नेपालका लागि भारतिय राजदुत रञ्जित रे ले उद्घाटन गरेका हुन् ।

महोत्सब उद्घाटनको अबसरमा राजदुत रे ले समग्र पोखरा र नेपालको पर्यटकिय बिकासमा सहकार्य गर्न भारत तयार रहेका बताएका छन् । पोखराको गहना फेवातालमा देखिएको जलकुम्भी झार हटाउन र ताल किनारमा चारैतिर फुटट्रयाक निर्माणमा सहकार्य गर्न तयार रहेको उनले बताए ।  जलकुम्भी झार हटाउन भारतमा मेसिन रहेको जानकारी दिदै उनले सो मेसिन उपलब्ध गराउन तयार रहेको बताए । त्यस्तै फेवातालको दृष्याबलोकनको लागि चारैतिर फुटट्रयाकको आबश्यकता औल्याउदै उनले प्रस्ताब आए निर्माणको लागि भारतले सहयोग गर्ने आश्वासन पनि दिए । नेपालको आर्थिक संबृद्धिको लागि भारतले सधै सहकार्य गर्ने उनले स्पष्ट पारे ।

सभासद् एबं संसदको विकास समिति सभापति रबिन्द्र अधिकारीले सरकारी सम्बन्धबाट मात्रै दुई देशको सम्बन्ध मजबुद नहुने भएकाले जनस्तरबाट पनि सम्बन्ध स्थापित गर्नुपर्ने खाजो औल्याए । नेपाल र भारत बिच सास्कृतिक सम्बन्ध स्थापना गर्न सडक महोत्सब राम्रो माध्यम बनेको उनले उल्लेख गरेका छन् । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माण कार्य बिना अबरोध अघि बढ्ने ठोकुवा गर्दै अधिकारीले स्थानिय जग्गाधनीलाई अन्याय हुन नदिने प्रतिबद्धता जनाए ।

रेष्टुरेण्ट एण्ड वार एसोसिएसन ( रेवान ) का केन्द्रिय अध्यक्ष प्रमोद जैसवालले लेकसाईड मात्रै पर्यटकिय क्षेत्र नभएकाले पोखराको सबै स्थानलाई उत्तिकै महत्व दिन आग्रह गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्य बहादुर भुजेलले पोखरामा भारतिय पर्यटकको संख्यामा कमी आईरहेकाले पर्यटन प्रबद्र्धनमा सहयोगको लागि भारतिय राजदुत समक्ष आग्रह गरे । पर्यटन ब्यबशायी गणेश बहादुर भट्टराई र नेपाल पर्यटन बोर्डका सदस्य टिकाराम सापकोटाले पर्यटन बिकासको लागि नेपाल र भारतको हाई वे लाई सुधार गर्नुपर्ने खाचो औल्याए ।

महोत्सब उद्घाटनको अबसरमा लेकसाईडको हल्लनचोकदेखि बसुन्धरा पार्क सम्म सास्कृतिक झाकी सहितको ¥याली निकालिएको थियो । ¥यालीमा पोखरा र यस आसपासको साथै हिमाली जिल्ला मुस्ताङ, तराईको बर्दिया अनि भारतको गुजरात देखि सास्कृतिक समुह सहभागि थिए ।

¥यालीमा सहभागि उत्कृष्ट सास्कृतिक समुहलाई सो अबसरमा पुरस्कृत समेत गरियो । उद्घाटन ¥यालीमा सहभागि नेपाल मगर संघ नयाँबजार पहिलो, तमु प्लेहु संघ स्याङजा दोस्रो एबं उपल्लो मुस्ताङको लोमान्थाङबाट आएको सास्कृतिक समुह तेस्रो भएको छ । त्यस्तै ताया ः मचा नाच , नेपाल दैवि शक्ति ज्वतिश तथा धार्मिक संस्था र पर्या पर्यटन विकास सञ्च बर्दियाले सान्तोना  पुरस्कार प्रप्त गरेका छन् ।

लेकसाईडको तीन किलोमिटर क्षेत्रमा सञ्चालन हुने महोत्सब पुस १७ गते सम्म चल्नेछ । एकै समय र अबधिमा सञ्चालन हुदै आएको सडक महोत्सबले स्वदेशी तथा बिदेशी पर्यटकलाई पोखरा सम्म भित्र्याउन ठुलो योगदान गरेको छ । अंग्रेजी नयाँ बर्षको अबसरमा आयोजित महोत्सब अबलोकनको साथै नयाँ बर्ष मनाउन पोखरा आउने पर्यटकको चहलपहल लेकसाईडमा बढेको छ ।

स्थानिय फिस्टेल गेट देखि खहरे सम्म लेकसाईडका रेष्टुरेण्टहरु सडकमै ओर्लिएका छन् । बिच सडकमा रेष्टेरेण्टको स्टल राखेर खाने र रमाउने ब्यबस्था मिलाईएको रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए । महोत्सबमा बसुन्धरा पार्क र बाहिर सडकमा गरी झण्डै तीन सय स्टल रहेका छन् । महोत्सबको अबसरमा पोखरामा रात्री बस समेत सञ्चालन हुने भएको छ । नयाँ बर्षको दिन १ बजे र अन्य दिन महोत्सब अबधिभर राती ११ बजेसम्म रात्रीबस सञ्चालन हुने आयोजकले जनाएको छ । साथै हेलिकप्टरबाट पोखरा दृष्याबलोकनको समेत ब्यबस्था मिलाईएको छ ।

कमेन्ट गर्नुहोस्
Share: