पोखरामा भारतिय राजदुत रञ्जित रे को अल्ट्रालाईट उडान

Share:

गोकुल बानियाँ, पोखरा १३ पुस । नेपालका लागि भारतिय राजदुत रञ्जित रे ले आईतवार अल्ट्रालाईट उडानको मज्जा लिएका छन् । १६ औं पोखरा सडक महोत्सब उद्घाटनको लागि आएका उनले आईतवार बिहान साढे १० बजेदेखि झण्डै १५ मिनेट अल्ट्रालाईट उडान गरेका हुन् ।

पोखरा अल्ट्रालाईट प्रालिको ओपन एयर क्राफ्ट मार्फत हावामा वयली खेल्दै पोखरा भ्याली, फेवाताल, विश्व शान्ति स्तुपा र सराङकोटको अबलोकन गरेका उनले साच्चिकैको पोखरा बल्ल आफुले देखेको बताए । पोखरा अल्ट्रालाईट प्रालिका प्रबन्ध निर्देशक पोम नारायण श्रेष्ठका अनुसार उडानपछि राजदुत रे ले बास्तबिक पोखराको तस्विर अल्ट्रालाईट मार्फत नियाल्न पाएको भन्दै खुसी ब्यक्त गरेका थिए । उनले एड्भेन्चर टुरिजमको लागि पोखरा उपयुक्त थलो रहेको समेत बताए ।

यसअघि शुक्रवार एमाले बरिष्ठ नेता माधब कुमार नेपालले पनि पोखरा अल्ट्रालाईट मार्फत पहिलो पटक अल्ट्रालाईट उडान गरेका थिए । पोखरा अल्ट्रालाईटले नयाँ बर्षको अबसरमा स्वदेशी र बिदेशीको लागि बिशेष छुट प्याकेज समेत तयार पारेको छ ।

पोखरा अल्ट्रालाईट मार्फत उडान भर्ने स्वदेशीलाईजनवरी १० अर्थात् पुष २६ गते सम्मको लागि ३० र बिदेशीलाई १५ प्रतिशत छुट दिईनेछ ।  अल्ट्रालाईट उडानमा १५ मिनेटको ७०, ३० मिनेटको एक सय २५, ६० मिनेटको एक सय ९८ र ९० मिनेटको २ सय ८५ यूरो तिर्नुपर्छ । फोटो : पोखरा अल्ट्रालाईट प्रालि

कमेन्ट गर्नुहोस्
Share: