‘नेपालमा ६ हजार बढी सुनचाँदी पसल अवैध’

Share:

भैरहवा पौष १९ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले अवैध रुपमा सन्चालित सुनचाँदी व्यवसायीका कारण वैध व्यापारीहरु मर्कामा परेको बताएका छन् । नेपालमा ६ हजार बढी सुनचाँदी पसल अवैध रहेको उनले बताए ।

sun-chandi-final-final

नेपालभर १८ हजारको हाराहारीका सुनचाँदी व्यवसायी भएपनि सरकारी निकायमा भने १२ हजार मात्रै दर्ता भएर कारोबार गरेको शाक्यले बताए ।

अवैध रुपमा सन्चालित व्यवसायका कारण आफूहरु बेलाबेलामा समस्यामा पर्ने गरेको बताउँदै अध्यक्ष शाक्यले सरकारले उनीहरुलाई पनि करको दायरामा ल्याउनुपर्ने बताए । उनीहरुलाई करको दायरामा ल्याउन सके सरकारको राजश्वमा बृद्धि हुनुका साथै व्यवसायीलाई प्रतिस्पर्धा गर्न समेत सजिलो हुने उहाको भनाइ छ ।

उनले नेपालमा दैनिक ४० देखि ५० किलोसम्म सुनको माग भएपनि सरकारले १५ किलो मात्रै सुन उपलब्ध गराउँदा बजारमा सुनको कालोबजारी बढ्नुका साथै अवैध रुपमा सुन आयात भइरहेको बताए ।

रुपन्देही सुनचाँदी व्यवसायी संघले शनिबार भैरहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शाक्यले अवैध रुपमा व्यवसाय सन्चालन गर्ने व्यवसायीले अवैध बाटोबाट आएको सुन प्रयोग गरी गरगहना बनाउने गरेकाले नेपालमा सुनको अवैध कारोबार भइरहेको पुष्टि भएको बताए ।

सरकारले बनाउन लागेको सुनचाँदीसम्बन्धी मापदन्ड व्यवसायीलाई समेत मान्य हुने खालको निमार्ण गर्न आग्रह गर्दै शाक्यले मापदन्ड बन्नुभन्दा पहिले बनिसकेका गहनालाई डिजाइनको रुपमा सजाउन दिनुपर्ने बताए ।

महासंघका उपाध्यक्षद्धय प्रेमकुमार सेञ्चुरी र ज्ञानराज शाक्यले नेपाली कला र सँस्कृतिले भरिपूर्ण गहनालाई विदेश निर्यात गर्न मिल्ने गरी मापदन्ड बनाउनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: