‘अश्लिल’ गाली गरेको आरोपमा सुरज र साहना पक्राउ

Share:

१४ माघ, काठमाडौं / फोन गरेर अश्लिल गाली गरेको आरोपमा प्रहरीले सुरज गिरी र मोडल साहना बज्राचार्यलाई पक्राउ गरेको छ। फोन गरेर तथानाम गालीगर्दै हत्या गर्नेसम्मको धम्की दिएको भन्दै हर्षबर्धन साहनीले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गरेपछि प्रहरीले बुधबार यी दुबैलाई पक्राउ गरेको हो।

suraj sahana

अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीका अनुसार उजुरीका आधारमा सोधपुछका लागि दुबैलाई नियन्त्रणमा लिएको बताए। प्रारम्भिक अनुसन्धानमा पिडितको दाबी अनुसारको गतिविधिमा दुबैको संलग्नता देखिएपछि अनुसन्धान र मुद्धा प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको उनले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: