पाँचौ सँस्करणका विग आईकन कुन्साङ गुरुङले पाए ‘पियाजिओ मोटरसाईकल’

Share:

रेम बिक / पोखरा, २८ माघ | पाँचौ सँस्करणको विग आईकनका विजेता कुन्साङ गुरुङलाई रवि अटोमोबाईल्स नयाँबजार पोखराले बुधबार एक विशेष कार्यक्रमका बीच ‘पियाजिओ मोटरसाईकल’ प्रदान गरेको छ । एक लाख ६१ हजार रुपैँया बराबरको मोटरसाईकल विग आईकनको विजेता बनेपछि गुरुङले प्राप्त गरेका हुन् ।

Big icon and piagio bike

विग एफएमका अध्यक्ष महेश भण्डारी र रवि अटोमोबाईल्सका संचालक टिकाकुमारी गुरुङले सँयुक्त रुपमा विग आईकन कुन्साङ गुरुङलाई मोटरसाईकलको चाबी हस्तान्तरण गरेका थिए । आफुले पुरस्कार स्वरुप मोटरसाईकल पाउँदा निकै खुशि लागेको पाँचौ सँस्करणका विग आईकन कुन्साङले बताए । ‘मलाई आज निकै खुशि लागेको छ ।’ कुन्साङले भने–‘संगीतको क्षेत्रमा अझै राम्रा काम गर्ने हौसला मिलेको छ ।’

कार्यक्रममा विग एफएमका अध्यक्ष महेश भण्डारीले कुन्साङको साँगीतिक भविष्य उज्ववल रहेको उल्लेख गर्दै अझै नाम उँचो बनाउनका लागि मेहेनत गर्न सुझाए । ‘विग आईकन एउटा प्लेटफर्म थियो, कुन्साङले साँगीतिक क्षेत्रमा अझै धेरै गर्न सक्ने सामथ्र्य राख्छ ।’ उनले भने–‘कुन्साङको साँगीतिक यात्रामा साथ दिनका लागि विग एफएम सँधै तम्तयार छ ।’ विग एफएमले चाँडै नै चौथो र पाँचौ विग आईकन विजेताहरुलाई वैदेशिक साँगीतिक यात्रामा लैजाने तयारी भैरहेको उनले जानकारी दिए ।

रवि अटोमोबाईल्सका संचालक टिकाकुमारी गुरुङले विग आईकनमा आफुहरुको सहभागिता निकै फलदायी रहेको प्रतिक्रिया दिईन् । आगामी दिनहरुमा पनि विग एफएम र उसले गर्दै आएको ग्राण्ड ईभेन्ट ‘विग आईकन’सँगको सहकार्यलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाईन् ।

कार्यक्रममा विग एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले एउटा प्रतिभालाई मञ्च प्रदान गर्ने मामलामा विग एफएम सँधै तत्पर रहेको बताए । उनले विग एफएमलाई यस्तै खाले प्लेटफर्म बनाउन सघाऊ पु¥याउने सम्पूर्ण व्यवसायिक संस्थानहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै खालको साथको अपेक्षा गरे ।

विग एफएमले वर्षेनी गायन रियालिटि शो विग आईकन गर्दै आएको छ । पाँचवटा सँस्करणको विग आईकन सफलताको साथ गरेको विग एफएम छैठौँ सँस्करणको विग आईकनको तयारीमा जुटिसकेको छ । चाँडै नै छैठौँ सँस्करणको विग आईकनको बारेमा जानकारी दिईने एफएमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: