
२८ माघ | मनाङ मस्र्याङदी क्लब पोखरामा जारी १३ औं आहा रारा गोल्डकपको सेमिफाईनल प्रबेश गरको छ । पोखरा रंगशालामा आज भएको खेलमा बिभागिय टिम आर्मीलाई २– १ ले हराउदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङको जितमा अनिल गुरुङ नायक बने ।
दोस्रो हाफमा मैदान छिरेका उनले ५५ र ८४ औं मिनेटमा गोल गर्दै मनाङको जित सुनिश्चित गराए । खेलको ८ औं मिनेटमै राजिब गुरुङको गोलबाट अग्रता लिएको आर्मी दोस्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरियो । आजको खेलको म्यान अफ दि म्याच मनाङको लागि दुई गोल गर्न सफल अनिल गुरुङ भए ।
बिजेता मनाङले फाईनल प्रबेशको लागि फागुन १ गते सुदुरपश्चिमाञ्चल फुटबल क्लब कैलालीसंग खेल्नेछ । प्रतियोगिता अन्तर्गत भोलिको पहिलो सेमिफाईनल खेल नेपाल पुलिस क्लब र थ्रिस्टारको बिचमा हुनेछ । सहारा क्लबको आयोजनामा जारी प्रतियोगिताको फाईनल खेल फागुन २ गते हुनेछ ।

