
पोखरा, ३ फागुन । यदुनाथ बञ्जारा र पारिजात खरालको जोडी पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफ एमको आयोजनामा भएको ‘बेकन प्रिमियर बेस्ट भ्यालेन्टाईन कपल’ बन्न सफल भएको छ ।
बिग एफएमको स्पेशल गेम शो ‘बेस्ट भ्यालेन्टाईन कपल’ मार्फत लक्की ड्र मा परेका पाँच जोडीमध्ये बञ्जारा र खरालको जोडीलाई युवा ज्योतिष हरिहर अधिकारीले लभ केमेष्ट्रीमार्फत् उत्कृष्ट जोडीका रुपमा घोषणा गरेका हुन् ।
उत्कृष्ट जाडी घोषित भएका उनीहरुले नगद १५ हजार रुपैयाँ सहित विभिन्न भ्यालेन्टाईन गिफ्ट ह्याम्पर प्राप्त गरे ।
फेबु्रअरी ४ तारिखदेखि सुरु भएको गेम शो बाट भुपेन्द्र र सुस्मा, सन्दिप र समिता परियार, जस्मिन पुन र दर्शन गुरुङ र तथा सोनम मगर र मिलन मगरको जोडी लक्की ड्र मार्फत अन्तिम प्रतिस्पर्धाका लागि छानिएका थिए । यी सबै जोडीहरुले पनि नगद एक हजार रुपैँया र भ्यालेन्टाईन गिफ्ट प्राप्त गरेका छन् ।
दश दिनसम्म उत्कृष्ट दश जोडी छनौट गरिसकेपछि उनीहरुलाई अन्तिम फाईनल राउण्डमा पु¥याईएको एफएमका कार्यक्रम संयोजक संजोग बस्याल बताए । माया गर्ने जोडीहरुकोे दिन ‘भ्यालेन्टाईन डे’ लाई स्रोताहरुसँगै रहेर बिशेष रुपमा विग एफएमले बर्षेनी मनाउँदै आएको उनले बताए ।
उत्कृष्ट जोडी घोषणापछि युवा ज्योतिष हरिहर अधिकारीले विग एफएमले आयोजना गरेको पृथक कार्यक्रममा निर्णायकको भूमिका निर्वाह गर्न पाउँदा खुशि लागेको बताए । “वास्तवमा गेम शो को लक्की ड्र मा छानिएका सबै पाँच जोडी नै उत्कृष्ट थिए ।” उनले भने– “कुनै एक जोडीलाई छान्नुपर्ने भएकाले सबै कुरालाई आधार मानेर यो जोडीलाई उत्कृष्ट घोषणा गरिएको हो ।”
पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमको प्रस्तुतीमा भएको ईभेन्टलाई बेकन प्रिमियर ईन्टरनेशनल एजुकेशनले मुख्य प्रायोजन गरेको थियो ।
