कोपेनहेगनमा गोली हानाहान, दुईको मृत्यु, दुई घाइते

331
0
Share:

काठमाडौं, फाल्गुन ३ । डेनमार्कको राजधानी कोपेनहेगनमा गोली हानाहान हुँदा दुई जना मारिएका छन् भने दुई घाइते भएका छन् । शहरको एक क्याफेमा गरिएको आक्रमणलगत्तै गरिएको अर्को आक्रमणमा दुई प्रहरी पनि घाइते भएका छन् ।

एक सेमिनारमा स्वीडिस कार्टूनिष्टले बनाएको कार्टूनबारे छलफल चल्दै गर्दा गोली हानाहान भएको थियो । क्याफे र यहूदी प्रार्थना घर दुई स्थानमा गरिएको आलग अलग आक्रमणमा एक÷एक जना मारिएका हुन् । डेनिस प्रधानमन्त्री हेल थोर्निग स्मिटले घटना राजनीति प्रेरित र आतंकवादी भएको टिप्पणी गरेका छन् ।

आक्रमणकारी पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सन्दिग्ध आक्रमणकारीको तस्वीर पनि जारी गरिएको छ ।
पछिल्ला दिनमा यूरोपमा यस्ता आमक्रमणको सिलसिला बढेको छ ।

कमेन्ट गर्नुहोस्
Share: