रेणुदेवीको भनाइ व्यक्तिगत : भारतीय दूतावास

421
0
Share:

काठमाडौं, फागुन ६ /नेपालस्थित भारतीय दूतावासले नेपाल भ्रमण आएकी भारतीय जनता पार्टीकी उपाध्यक्ष रेणुदेवीको संघीयता र धर्मनिरपेक्षतासम्बन्धी भनाइ उनको निजी भएको बताएको छ।

बुधबार विज्ञप्ति जारी गर्दै दूतावासले रेणुदेवीको भनाइका सम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै उनको निजी विचारसँग दूतावासलाई कुनै जानकारी नभएको उल्लेख गरेको छ।

रेणुदेवीका व्यक्तिगत विचारले भारत सरकारको धारणालाई प्रतिविम्बित नगर्ने विज्ञप्तिमा जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: