सशस्त्र प्रहरी महिला राष्ट्रिय क्रिकेटको फाइनलमा, उपाधि भिडन्त जनकपुरसँग

Share:

काठमाडौं, फाल्गुन ८ । काठमाडौंमा जारी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुँदैछ । उपाधिका लागि सशस्त्र प्रहरी र क्षेत्र नम्बर ७ जनकपुर कीर्तिपुर मैदानमा भिड्ने भएका छन् ।

सेमिफाइनलमा शुक्रबार सशस्त्रले क्षेत्र नम्बर ५ नेपालगन्जमाथि ७ विकेटको जित निकालेको हो । पहिले ब्याटिङ गरेको नेपालगन्जले ३६ ओभर ५ बलमा अलआउट हुँदै ६५ रन बनाउन सक्यो ।

कप्तान ममता थापाले अविजित रहँदै २५ रन बनाए बाहेक कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपालगन्जको इनिङलाई सस्तैमा समेट्ने क्रममा रुबिना क्षेत्रीले ८ ओभरमा २ मेडन राख्दै १२ रन खर्चेर ५ विकेट लिइन् ।

जवाफमा सशस्त्रले १५ ओभर ३ बलमै ३ विकेट गुमाएर विजय हासिल ग¥यो । यसअघि विहीबार भएको खेलमा जनकपुरले क्षेत्र नम्बर ६ बैतडीलाई ४ विकेटले हराउँदै सशस्त्रविरुद्धको उपाधि भिडन्त तय गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: