
काठमाण्डु,११ फागुन– विद्यार्थीमाथि एसिड छ्याप्ने अभियुक्तलाई कारबाहीको माग गर्दै सोमबार राजधानीमा प्रदर्शन गरिएको छ ।
राजधानीको बसन्तपुरमा ट्युसन पढ्दै गरेका विद्यार्थीमाथि भएको घटनाको विरोध गर्दै विप्लव माओवादी निकट विद्यार्थीहरुले सोमवार राजधानीको बसन्तपुरमा प्रदर्शन गरेका हुन् ।
घटनामा संलग्न दोषी पत्ता लगाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको अखिल क्रान्तिकारीले बताएको छ।
एसएलसी परीक्षाको तयारी स्वरुप बसन्तपुरको झोंछेस्थित ए प्लस ट्युसन सेन्टरमा पढ्दै गर्दा अज्ञात व्यक्तिले आइतबार विहान एसिड छ्यापेका थिए । घाइते दुई जनाको काठमाण्डुमा उपचार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
