भ्लादिमीर पुटिनका कटू आलोचक मानिने विपक्षी नेताको हत्या

449
0
Share:

काठमाडौं, फाल्गुन १६ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कटू आलोचक मानिने विपक्षी दलका एक प्रमुख नेता तथा पूर्वउपप्रधानमन्त्रीको हत्या गरिएको छ ।

hTYAराजधानी मस्कोमा बोरिस नेम्त्सोभलाई गोली हानी हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । क्रमलिन नजिकको पुल पार गर्दैगर्दा अज्ञात व्यक्तिले चार गोली प्रहार गरेर हत्या गरी उनकै कार लिएर भागेको रुसी अधिकारीहरुले जनाएका छन् ।

युक्रेनविरुद्ध रुसले गरेको युद्धको विपक्षमा आइतबार राजधानी मस्कोमा गर्न लागिएको प्रदर्शनको तयारीबारे छलफल गर्न जाँदैगर्दा उनको हत्या गरिएको बताइएको छ । राष्ट्रपति भ्लादिमीर पुटिनले घटनाको निन्दा गरेका छन् ।

युक्रेनमा युद्ध गर्ने विषयमा असहमति जनाएकै बहानामा आफूमाथि हत्या गरिनसक्ने यसअघि एक अन्तर्वार्तामा नेम्त्सोभले उल्लेख गरेको जनाइएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: