खेलाडीको विवाह र प्रेम

370
0
Share:

काठमाडौं, फागुन १७ – नेपाली क्रिकेट टोलीले आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन खेल्न पाउने भएसँगै खेलाडीले धमाधम घरमा दुलही भित्राउन थालेका छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले गत बिहीबार काठमाडौ बालुवाटारकी प्राप्ती राज्यलक्ष्मी राणालाई बुद्धनगरको आफ्नै घरमा भित्र्याए । लामो समयको पे्रम सम्बन्धपछि ३ बर्षअघि नै पारस र प्राप्तीको इंगेजमेन्ट भएको थियो । यस्तै अर्का क्रिकेटर प्रदीप ऐरी पनि गत श्रीपञ्चमीका दिन काठमाडौं काँडाघारीकी ज्योती खड्कासँग विवाह बन्धनमा बाँधिइसकेका छन् ।

पारसले प्राप्ती राणालाई घर भित्र्याएको हप्ता दिन नवित्दै अर्का क्रिकेटर बसन्त रेग्मीले नेपालगञ्जकी स्टाफ नर्स पुनम न्यौपानेसँग मंगलबार विवाह गर्दै छन् । बसन्तले पुनमसँग चिनजान भएको झण्डै एक वर्षपछि विवाह गर्न लागेका हुन । त्यसो त नेपाली राष्ट्रिय टोलीका अर्का खेलाडी सन्जम रेग्मीले पनि फागुन २५ गते सरस्वती गौतमसँग विवाह गर्दैछन । उनलै सरस्वतीसँग इंगेजमेन्ट गरेको फागुन महिनामा मात्रै हो ।

अमृत भट्टराईले त ४ वर्ष प्रेम गरेर रचना भुसालसँग अष्ट्रेलियामा नै गएर विवाह गरे । १८ महिनाअघि पढ्नका लागि अष्ट्रेलिया गएकी रचनासँग अमृतले भ्यालेन्टाईन डेका दिन विवाह गरेका हुन । त्यसैगरी भ्यालेन्टाईन डेकै दिन महिला क्रिकेट खेलाडी निरा राजोपाध्याय गिरिन्द्रधर शर्मासँग विवाह बन्धनमा बाधिइन । नेपाली राष्ट्रिय टोलीका चर्चित अर्का खेलाडी शरदभेषावकर र कलाकार निषा अधिकारीबिच प्रेम चलिरहेको छ ।

अहिलेको खेलाडी मात्र होईन आफना फ्यानसँग विवाह बन्धनमा बाधिनै पुराना खेलाडी पनि छन । फुटबलका चर्चित खेलाडी हरि खड्का आफ्नै समर्थक रिमा श्रैष्ठसँग २०५९ सालमा विबाह बन्धनमा बाँधिएका थिए । दक्षिण एशियाली खेलमा तेक्वान्दोबाट देशलाई सर्वाधिक स्वर्ण पदक जित्ने दिपक विष्टले आफ्नै सहकर्मी तैक्वान्दो खेलाडी आयशा शाक्यसँग प्रेम विवाह गरे । तर पूर्व ओलम्पिक खेलाडी (तैक्वान्दो) संगिना बैद्यले अहिलेसम्म विवाह गरेकी छैनन् ।

कमेन्ट गर्नुहोस्
Share: