शाहरुख र विग आईकन कुन्साङ एउटै स्टेजमा आईतबार

Share:

रेम बिक / पोखरा, २३ फागुन | बलिउड सुपरस्टार शाहरुख खानसँग पाँचौ विग आईकन कुन्साङ गुरुङले स्टेज शेयर गर्ने निश्चित भएको छ । शाहरुख नेपाल आउने फाईनल भएसँगै उनीसँग स्टेज शेयर गर्नका लागि कुन्साङ विग एफएमका अध्यक्ष महेश भण्डारी र कार्यक्रम सँयोजक सन्जोग बस्यालसँग काठमाण्डौ पुगेका छन् । आईतबार साँझ कुन्साङले शाहरुखसँगै स्टेज शेयर गर्दै आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

kunsang and shahrukh

पाँचौ सँस्करणको विग आईकनको प्रायोजक मध्ये एक ‘कान्साई नेरोल्याक पेन्ट्स’ले विग आईकनको लागि शाहरुखसँगै स्टेज शेयर गर्ने व्यवस्था मिलाएको हो । पेन्ट्सका कन्ट्री हेड सत्यप्रकाशले पाँचौ सँस्करणको विग आईकनको ग्राण्ड फिनालेमा विग आईकनलाई शाहरुखसँगै स्टेज शेयर गराउने घोषणा गरेका थिए ।

धेरै पहिलेदेखि शाहरुख आउने भनेर चर्चा गरिएपनि शाहरुख आउने नआउने भन्ने विषयमा निश्चितता थिएन । यद्यपी शाहरुखलाई नेपाल ल्याउने कम्पनी कान्साई नेरोल्याक पेन्ट्सले शाहरुख नेपाल आउने कुरालाई पुष्टी गरेको छ । ‘कार्यक्रमका लागि शाहरुख नेपाल आउने निश्चित भएको छ ।’ कान्साई नेरोल्याक पेन्ट्सका कन्ट्री हेड सत्यप्रकाशले भने–‘आईतबार साँझ शाहरुखको विशेष कार्यक्रम हुनेछ ।’ सत्यप्रकाशले दिएको जानकारी अनुसार होटल याक एण्ड यतिमा साँझपख शाहरुखको विशेष कार्यक्रम हुनेछ । जुन कार्यक्रममा निकै कम मात्रै सहभागी हुनेछन् ।

यद्यपी संचारकर्मीहरुसँग शाहरुखले आईतबार दिउँसो ४ बजे हायात रिजेन्सी होटलमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । संचारकर्मीहरुलाई पनि याक एण्ड यतिको कार्यक्रममा सहज पहुँच नमिल्ने भएका कारण संचारकर्मीहरुसँग छुट्टै भेटघाटको कार्यक्रम राखिएको सत्यप्रकाशले बताए । कार्यक्रममा भने कान्साई नेरोल्याक पेन्ट्सले अनुमति दिएका व्यक्तिलाई मात्रै सहभागी हुन पाउनेछन् । सुरक्षाको कारणले सबैलाई कार्यक्रममा सहभागी गराउन नसकिएको कम्पनीले बताएको छ ।

विग आईकन कुन्साङसँगै शाहरुख खानसँग नेपालबाट प्रियंका कार्की, अकेशा विष्ट र विल्शनविक्रम राईले पनि स्टेज शेयर गर्ने बताईएको छ । शाहरुख खानको सुरक्षा व्यवस्था भारतीय राजदुतावासले गर्ने भएको छ । उनी नेपालमा जम्माजम्मी २४ घण्टा मात्रै रहने बताईएको छ । बताईए अनुसार शाहरुख खान चार्टड गरिएको विमानबाट फागुन २४ गते आईतबार बिहान ११ बजे नेपाल आउनेछन र बेलुकी कार्यक्रममा सहभागी भएर मंगलबार मुम्बई र्फकनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: