
काठमाडौं, चैत्र २ । चीन विश्वको तेस्रो ठूलो हतियार निर्यातकर्ता मुलुक बनेको छ । ‘स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिट्युट’का अनुसार चीनले जर्मनी, फ्रान्स र बेलायतलाई पछि पार्दै तेस्रो ठूलो हतियार निर्यातकर्ता बन्न सकेको हो ।
चीनले विश्वको कुल हतियार निर्यातमा ५ प्रतिशत हिस्सा ओगटेको छ । यसमा तीन एसियाली मुलुक पाकिस्तान, बंगलादेश र म्यानमारलाई आफ्नो उत्पादनको दुई तिहाइ निर्यात गर्ने गरेको छ ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले पछिल्लो पाँच वर्षमा अफ्रिकाका १८ मुलुकलाई पनि आफ्नो हतियारको ग्राहक बनाएको छ ।
विश्वमा पहिलो हतियार निर्यातकर्ता मुलुकमा भने अमेरिका र दोस्रोमा रुस छन् । विश्वमा हुने कुल हतियार निर्यातमा अमेरिकाले ३१ प्रतिशत र रुसले २७ प्रतिशत हिस्सा ओगटेको छ ।
