
एजेन्सी – शनिबार राति भ्यालेन्सियविरुद्धको खेलको अन्तिम समयमा गोल गर्दै स्ट्राईकर लियोनेल मेसीले बार्सिलोनका लागि गोल संख्या चार सय पुर्याीएका छन् ।
मेसीले भ्यालेन्सियाविरुद्ध गरेको गोलसहित यो सिजनको गोलसंख्या ४६ पुगेको छ । मेसीले बार्साका लागि खेलेको चार सय ७१ खेलमा गोलसंख्या चार सय पुरा गरेका हुन् । उनले ला लिगामा ३०० गोल गरेका छन् भने बार्साबाट च्याम्पियन्स लिगमा ७५ गोल गरिसकेका छन् ।
त्यसैगरी कोपा डेल रेमा ३२ गोल उनको नाममा छ ।
कमेन्ट गर्नुहोस्
