
पोखरा, जेष्ठ १०,माधब पनेरु।
नेपाल सरकारले प्रतिबन्ध लगाएको नेटवर्क मार्केटिङ पुनः सल्वलाउन थालेको छ । घरमै बसेर प्रशस्त पैसा कमाउन सकिन्छ भन्ने प्रलोभन देखाएर सदस्य बनाउदै चर्को रकम असुल गर्ने नेटकवर्क ब्यापार लिएर मानिसहरु शहर तथा गाऊहरुमा आउन थालेका छन ।
सरकारले कडा प्रतिबन्ध लगाएपछि हराएका यस्ता ब्यापार गर्नेहरु उक्त समयमा भारत लगाएतका बिभिन्न देशहरुमा गएर बसेका थिए । नेपालको संक्रमणकालिन फाईदा उठाउदै पुन ः सपना बाड्न थालिएको छ ।
यस अघि कार्यालय राखेर नै ब्यापार चलाएका कम्पनीहरुले आजभोली भने होटलका कोठामा बोलाएर मानिसहरु लाई बिभिन्न सामानहरु देखाउने र सदस्य बन्न प्ररित गर्न थालेका छन । यस्ता ब्यापार सञ्चालनको लागि मानिसहरुलाई उत्पे्ररणा जगाउने कला चाहिने भन्दै सिमित सदस्यहरुलाई भारतमा लगेर मोटिभेसन तालिम दिने गरिएको छ । नेपालका सिमा क्षेत्रमा नेटवर्क ब्यापारीहरुले बिभिन्न खाले कार्यक्रमहरु गरीरहेको सिक्कीम पुगेर सोही कार्यक्रममा सहभागि भएर फर्किएका लमजुङ्गका नारायण पौडेलले बताए ।
एउटा महत्वपुर्ण सेमिनार छ भनेर आफुलाई सिक्कीम लगिएको अध्यापन पेशामा रहेका पौडेलले भने । त्यसै गरि पोखराका केही होटलमा बसेर नेटवर्क ब्यापारका लिडरहरुले सामानहरु बेच्ने र सदस्य बनाउने काम सूरु गरेका छन । सिधै नेटवर्क ब्यापार भनेपछि मानिसहरुले वास्था नगर्ने भएपछि सामान देखाएर चर्को मुल्यमा बेच्ने गरिएको वताईएको छ ।
नेटवर्क ब्यापार बाट लाखौ नेपाली ठगिएपछि सरकार युनिटी लाईफ, ईएमआई, हर्वो जस्ता कम्पनीहरुलाई प्रतिबन्ध लगाएको थियो ।
