
माधब भुसाल पोखरा,जेठ ३०। पोखरामा दिउसो पानी परिरहेका थियो । अनमोल केसी भाटभटेनी आएर सबैलाइ एकाएक गर्दै हान्न थाले । लगत्तै त्यहाँ मान्छेहरुको भिड बढ्न थाल्यो । तर यो दृश्य वास्तबिक नभएर फिल्मको सुटिङको हो ।
बाबू भुवन केसि को चलचित्र ड्रीम्स को छायांकन को क्रममा नायक अनमोल केसि यति खेर पोखरामा रहेका छन् । यसैक्रममा शनिबार चलचित्रको छायाङकन पोखको भाटभटेनि सुपर मार्केट को भुइतलामा रहेको थियो । दृश्यमा अनमोल कुटपीट दादागिरी गरीरहेको अबस्थामा रहेका थिए ।
सुपर स्टार नायक भुवन केसि को निर्माण मा बन्न लागेको चलचित्र ड्रिम्स को यतिबेला पोखरामा धमाधम छायाङकन भइरहेको छ । चलचित्रलाइ केसि आफैले निर्देशन गरेका छन ।
चलचित्र मा एउटा बाबुको सपनालाई देखाउन खोजेको नायक अनमोल केसी ले जानकारी दिए । टोली अझै एक हप्ता पोखरा रहने युनिटले जानकारी दिएको छ ।ब्करिब ७५ प्रतिशत छायाङकन सकिसकेको चलचित्रको पोखरा ।मुस्ताङ ,काठमाडौं लगायतका स्थलमा मा छायाङकन गरिएको निर्माता एवम निर्देशक केसीले जानकारी दिए ।
तस्बिर सौजन्य : सुरेश सुनार
