
पोखरा २४ भदौ । काजीपोखरी यूथ क्लब पोखराको आयोजनामा जारी प्रथम काजिपपोखरी खुल्ला सेभेन ए साईड फूटबल प्रतियोगितामाम प्रि क्वार्टरफाईनलका खेलहरु सकिएका छन् ।
विहिबारको पहिलो खेलमा एसी एआईजीले लेकसाईड पिस यूथ क्लबलाई पेनाल्टी मार्फत ४—३ को नतिजा निकाल्यो । निर्धारित समयमा कुनै समूहले गोल गर्न नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो ।
दोश्रो खेलमा रामबजार बीले यूवासंघ कास्की बी लाई २—०ले पाखा लगायो ।
तेश्रो खेलमा बी १३ बाँझापाटनले बुद्धचोक फूटबल क्लबलाई २—०ले हरायो । त्यस्तै चौथो खेलमा अक्सिजन फूटबल क्लबले विष्णुपादुकालाई ६—०को फराकीलो अन्तरले पराजित गर्यो । विष्णुपादुकाले आत्मघाती १ गोल गरेको थियो ।
पाँचौ खेलमा नयाँगाउँ यूथ क्लबले ईन्द्रणी यूथ क्लबलाई २—१ ले पाखा लगायो । यसैगरी छ्रैठौँ खेलमा विष्णुपादुका ए ले संगम जुनियर फूटबल टीमलाई २—०ले पन्छायो ।
प्रतियोगितामा शुक्रबार क्वार्टरफाईनलका खेलहरु हुने प्रतियोगिताका संयोजक अनुपसिंह भण्डारीले जानकारी दिए । सेवा नै धर्म हो भन्ने मूल नाराका साथ भूकम्प पीडितहरुको सहयोगार्थ एवं काजीपोखरीमा फूटलब मैदान निर्माण गर्ने उद्धेस्यले प्रतियोगिता आयोजना गरिएको हो ।
