एजेन्सी पेशावर(पाकिस्तान), असोज १ / पाकिस्तानको पेशावर सहरमा बन्दुकधारीको आक्रमणमा परी मस्जिदमा प्रार्थना गरिरहेका १६ जनाको मृत्यु भएको छ। पाकिस्तानी वायु सेनाको शिविरभित्र रहेको मस्जिदमा प्रार्थना गरिरहेका १६ जनाले बन्दुकधारीको अाक्रमणमा ज्यान गुमाएको वायु सेनाका जर्नेल असिम बज्वाले बताएका छन्।
उनका अनुसार सुरक्षाा गार्डलाई नियन्त्रणमा लिएर बन्दुकधारी शिविरभित्र पसेका थिए। सेनाले गरेको कारबाहीमा १३ लडाकु मारिएको उनले दाबी गरे। आक्रमणको पाकिस्तानी तालिवानले जिम्मेवारी लिएको छ।
गतसाल पेशावरकै एक विद्यालयमा तालिवान लडाकुले आक्रमण गर्दा अधिकांश कलिला विद्यार्थी सहित १५० जनाको मृत्यु भएको थियो।
कमेन्ट गर्नुहोस्
