
पोखरा, ७ असोज ।
लायन्स क्लव अफ पोखरा पिस सिटीको आयोजनामा चौथो अन्तर लायन्स फुुटवल प्रतियोगिता २०७२ हुने भएको छ ।
असोज १४ गते देखी १७ सम्म अञ्चल प्रहरी कार्यालय गण्डकी, पोखरा अन्र्तगत अञ्चल शशस्त्र प्रहरी गुल्म गण्डकीको खेल मैदानमा सञ्चालन हुने चौथो संस्करणको रुपमा अन्तर लायन्स फुटवल प्रतियोगिता–२०७२ का साथै यस बर्ष देखी अग्रज लायन्सहरुको भावानालाई कदर गर्दै क्लबले प्रथम अन्तर लायन्स भेटेरान फुटवल प्रतियोगिता–२०७२ सञ्चालन गर्ने विहिवार आयोजित अन्र्तकृया कार्यक्रममा जनाईएको थियो ।
डिष्ट्रिक्ट ३२५ बी १ मा मात्र सिमित रहेको उक्त प्रतियोगितामा २०६९ सालको पहिलो प्रतियोगितामा २४ टिम २०७० मा २६ टिम र २०७१ मा २६ टिमको सहभागिता रहेको प्रतियोगितामा यस बर्ष देखी लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल अन्तरगतका ४ वटै डिष्ट्रिक्टका करिव ६०० लायन्स क्लवहरु मध्ये ६० भन्दा वढि क्लवहरुको प्रतियोगितामा सहभागिता रहने क्लबका अध्यक्ष टंकराज अधिकारीले बताए ।
प्रतियोगिताको मुख्य उद्देश्य प्रतियोगिताबाट बचेको रकम भुकम्पबाट प्रभावित क्षेत्रमा आवश्यकता अनुसारको सहयोग गर्नेका साथसाथै मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपाल अन्र्तगतका सम्पूर्ण लायन्स टिमलाई पोखरामा आमन्त्रण गरी आन्तरीक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याई पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरी बिश्वमा चिनाउने प्रयास गर्नु रहेको अधिकारीले जनाएका छन ।
प्रतियोगिता संचालनका लागि आम्दानी रु ५ लाख १५ हजार, खर्च रु ४ लाख ५ हजार र बचतमा रु १ लाख १० हजार अनुमानित गरिएको छ भने प्रतियोगितामा खुला तर्फ प्रथम पुरस्कार २५ हजार ५ सय ५५, दोस्रो पुरस्कार नगद १५ हजार ५ सय ५५ रुपैया नगद, अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्र, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र उत्कृष्ट गोल रक्षकलाई आकर्षक पुरस्कार सहित, मेडल र प्रमाण–पत्र रहेको छ भने भेटेरान तर्फ प्रथम पुरस्कार १० हजार ५ सय ५५ दोस्रो पुरस्कार ५ हजार ५ सय ५५ रुपैया नगद ट्रफी मेडल र प्रमाण–पत्र रहेको कार्यक्रमका संयोजक एवं क्लबका निवर्तमान अध्यक्ष ख्याम नारायण काफ्ले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्नको लागि क्लबका निवर्तमान अध्यक्ष लायन ख्याम नारायण काफ्लेको संयोजकत्वमा २१ सदस्य बिभिन्न उप—समिति, ४५ सदस्य सल्लाहाकार समिति साथै पोखरा स्थित सम्पुर्ण लायन्स क्लबका अध्यक्षहरु मुल आयोजक समितिको सदस्यमा रहनु भएको छ । जुरी कमिटीमा लायन्स डिष्ट्रिक ३२५ बी १ नेपालका एरिया चिफ को अर्डिनेटर तिर्थलाल श्रेष्ठ, डिष्ट्रिक एड्भाईजर राम बहादुर बसेल र स्र्पोट कमिटि चेयरपर्सन रुद्र घले रहेका छन ।
