
रञ्जन अधिकारी पोखरा, ८ असोज । मानव मिलनका संस्थापक नेपाल केशरी श्री मणिभद्रमुनीजी महाराजको सानिध्यतामा भारत, मुम्बईको पुनामा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पोखराबाट एक टोली प्रस्थान गरेको छ । सम्मेलन यही १५ असोजदेखि सुरु हुँदैछ ।
मानव मिलन नारी जागरण नेपाल, पोखराको नेतृत्वमा टोली विहीबार त्यसतर्फ प्रस्थान गरेको हो । संस्थाकी अधयक्ष सावित्री शर्माको नेतृत्वमा ५८ सदस्यीय टोली गएको सचिव पार्वती पौडेलले जानकारी दिईन् ।
मानव मिलन नारी जागरण पोखराबाट २९ जना, मानव मिलन नारी जागरण काठमाण्डौंबाट ११ जना, श्री सत्यसाई केन्द्र नदिपुरबाट १० जना र स्याङ्जा आरुखर्क मानव मिलनबाट ८ जना टोलीमा सहभागी छन् । भ्रमण टोलीको संयोजन मानव मिलन नारी जागरण नेपाल पोखराकी सहसचिव कमला गिरीले गरेकी छिन् ।
यसअघिका सम्मेलनमा पनि नेपालबाट सहभागिता हुने गरेको थियो ।
