पोखरामा आज पेट्रोल बितरण हुने पम्पहरु

Share:

पोखरा ३ मंसिर । नेपाल आयल निगमको गगनगौडा डिपोले विहिबार पोखरा र लेखनाथका १३ पम्पबाट ५६ हजार लिटर पेट्रोल वितरण गर्ने भएको छ । आज लेखनाथका दुर्इ र पोखराका ११ पम्बाट उक्त परिमाणको इन्धन बितरण गर्न लागिएको हो ।

पेट्रोल बितरण हुने पम्हरु

१ वेलकम ट्रेर्डस लेखनाथ ३ हजार लिटर
२ इन्द्रज्योति आयल स्टोर्स ४ हजार लिटर
३ श्रीओम पेट्रोलियम सप्लायर्स चाउथे पोखरा ३ हजार लिटर
४ मनकामना आयल स्टोर्स बुद्धचोक ६ हजार लिटर
५ पञ्चरत्न आयल स्टोर्स बसपार्क पृथ्वीचोक ३ हजार लिटर
६ नेशनल ट्रेडिङ पृथ्वीचोक ३ हजार लिटर (कर्मचारी र पत्रकारका लागि मात्र बिल बुक र परिचयपत्र अनिवार्य रुपमा लैजानु पर्ने )
७ कमला आयल स्टोर्स पोखरा ६ हजार लिटर
८ अन्नपूर्ण आयल स्टोर्स बिरौटा ४ हजार लिटर
९ बृहस्पती आयल स्टोर्स पोखरा ४ हजार लिटर
१० रानीपौवा आयल स्टोर्स रानीपौवा पोखरा ६ हजार लिटर
११ बराल आयल स्टोर्स पोखरा ६ हजार लिटर
१२ विश्वास आयल मालेपाटन पोखरा ४ हजार लिटर
१३ लान्द्रुक आयल पोखरा ४ हजार लिटर

निगमको डिपोमा भैरहवा नाकाबाट केही परिमाणमा पेट्रोल भित्रिएकाले उपभोक्ताको सहजताका लागि इन्धन वितरण गर्न लागिएको जनाइएको छ । जिल्ला आपूर्ति समितिको निर्णय अनुसार पम्पहरुलाई इन्धन बितरणको व्यवस्था मिलाइएको गण्डकी धौलागिरी पेट्रोलीयम डिलर्स एशोसियशनका महासचिव राजन गोगंजुले जानकारी दिए ।

बुधबार डिजेल बितरण नगरेका पम्पहरुबाट पेट्रोल बितरण हुने गरी ब्यवस्था मिलाइएको जनाइएको छ । पेट्रोल स्कुटरका लागि ३ सय रुपैयाको, मोटरसाइकलाका लागि ४ सय र नीजि कार तथा भाडाका टेक्सीलाई १ हजार रुपैयाको बितरण गरिने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: