सामसुङ मोबाईल कम्पनी ‘नम्बर वान’, टपटेन स्मार्टफोन कम्पनी घोषित ।

Share:

एजेन्सी / उत्कृष्ट स्मार्टफोनहरु बनाउने ‘टप टेन’ कम्पनीहरु घोषणा गरिएको छ। पछिल्लो पटक स्मार्टफोन बनाउने कम्पनीहरु बढ्दै जाँदा उत्कृष्ट १० कम्पनी सार्वजनिक गरिएको हो। टेक्नोलोजी रिसर्च फर्म गार्टनेरका अनुसार उत्कृष्ट १० स्मार्टफोन निर्माता कम्पनीमा नं.१ कम्पनीमा सामसुङ घोषित भएको छ। रिपोर्टअनुसार कोरियन सामसुङ २१ दशमलव ४ प्रतिशत ग्लोबल मार्केट सेयरका साथ २०१५ को अन्तिमसम्म उत्कृष्टमा रहेको हो।

दोस्रो उत्कृष्ट स्मार्टफोन कम्पनीमा एप्पलले स्थान सुरक्षित गरेको छ। ४ सय ६० लाख युनिट मोवाइल विक्री गरेको एप्पदको ग्लोबल मार्केट सेयर ९ दशमलव ६ प्रतिशत छ।

तेस्रो स्थानमा रहेको माइक्रोसफ्टले ३० लाख यूनिट मोवाइल बेचेको छ। उसको ६ दशमलव ३ प्रतिशत ग्लोबल मार्केट सेयर रहेको छ।

चीनको हुवाई चौथो नं.मा उत्कृष्ट स्मार्टफोन निर्माण कम्पनी बनेको छ। ५ दशमलव ७ प्रतिशत ग्लोबल मार्केटको सेयर हासिल गरेको छ। एलजी पाँचौ स्थामा रही ३ दशमलव ८ प्रतिशत ग्लोबल मार्केट सेयर हासिल गरेको छ।

लेनोभो छैठौं नं.मा रहेको छ। मोटोरोला खरिद गरेपछि उसको सेयर मार्केट पनि बढेको छ। ३. ७ प्रतिशत ग्लोबल सेयर मार्केट रहेको छ। चीनको अर्को श्याओमी ७ औं नम्वरमा उत्कृष्ट स्मार्टफोन निर्माण कम्पनीमा रहेको छ।

३ दशमलव ६ प्रतिशत ग्लोबल सेयर मार्केट उसको छ। रिपोर्टअनुसार चीनकै टीसीएल कम्युनिकेसन ३ दशमलव ६ प्रतिशत ग्लोबल सेयर मार्केटका साथ आठौं स्थानमा रहेको छ। नवौं स्थानमा पनि २ दशमलव ९ प्रतिशतका साथ चीनकै जीटीई कम्पनी पुगेको छ।

भारतीय माइक्रोम्याक्स कम्पनी दसौं स्थानमा पर्न सफल भएको छ। २ दशमलव ५ प्रतिशत ग्लोबल सेयर मार्केटका साथ उसको दसौं स्थान कायम रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: