आईएस आक्रमणबाट २५ इराकी योद्धाको मृत्यु

Share:

इराक, २१ पुस-
कम्तिमा २५ इराकी योद्धा इस्लामिक स्टेट (आईएस) सँगको तीन दिन लामो सङ्घर्षका क्रममा इराकको अनवर प्रान्तको हाडिथा क्षेत्रमा सरकार समर्थित जनजाति समूहमा आवद्ध योद्धाको मृत्यु भएको इराकको सुरक्षा स्रोतले जनाएको छ ।

हामीले २५ जना योद्धालाई ७२ घण्टा लामो युद्धमा गुमाउन पुगेका छौँ, जनजाति समूहमा आवद्ध एक कमान्डर सेख अवदाब्लाह अतालाहले एएफपीसँगको फोन वार्तामा बताए ।

यो क्षेत्र उक्त प्रान्तको एउटा महत्वपूर्ण बाध भएको तर आईएस समूहले सन् २०१४ देखि आफ्नो आश्रयसथलका रुपमा प्रयोग गर्दै आएकोे क्षेत्र हो ।

यो सम्भवत यस इलाकामा अहिलेसम्म आइएस समुहसँग भएको सबैभन्दा ठूलो झडप हो, उनले बताए ।

आईएसका आतङ्ककारी दस्ताले हाडिथालाई एक्कासी तीन वटै क्षेत्रबाट आक्रमण गर्दा भएको उक्त झडपमा दर्जनौँ घाइते भएको उनले बताए ।

बग्दादको करिब २०० किलोमिटर उत्तरपश्चिममा रहेको हाडिथाका नगरप्रमुख मबरोक हमिदले घटनामा २५ जनाको मृत्यु भएको खबरको पुष्टि गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: