पाकिस्तानमा हवाई आक्रमणमा ३८ आतङ्ककारी मारिए

Share:

इस्लामाबाद, २४ पुस-
पाकिस्तानको उत्तरपश्चिम आदिवासी क्षेत्र उत्तरी वाजिरिस्तानमा पाकिस्तानी सैनिकले गरेको हवाई आक्रमणमा कम्तीमा ३८ आतङ्ककारी मारिएका छन् ।

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा रहेको उत्तरी वाजिरिस्तानको सावाल र दत्ता खेल इलाकामा आतङ्ककारी लुकेर बसेको पाँच वटा इलाकामा पाकिस्तानी सैनिकले गरेको कारबाहीमा ती ३८ आतङ्ककारी मारिएका हुन् । स्थानीय टेलिभिजन च्यानल उर्दुले सो जानकारी दिएको छ ।

सन् २०१४ को जुन १५ बाट उत्तरी वाजिरिस्तानमा आतङ्ककारीविरुद्ध पाकिस्तानी सैनिकले जारी राखेको कारबाहीको क्रममा हालसम्म ३ हजार ४ सय आतङ्ककारी मारिएका सैनिकको दावी रहेको छ ।

त्यसैगरी सो हवाई आक्रमणहरुको दौरान ८३७ वटा आतङ्ककारी लुकेर बसेको बासस्थान ध्वस्त भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: