
काठमाण्डौं,५ माघ ।
बङ्गबन्धु गोल्डकपअन्तर्गत लिग चरणका तीन वटै खेलमा अपराजित नेपालले सेमिफाइनलमा मंगलवार माल्दिभ्सको सामना गर्दैछ ।
नेपाल समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो । नेपालले सेमिफाइनलमा पुग्न श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गरेको थियो भने बङ्गलादेश र मलेसियाको क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
कमेन्ट गर्नुहोस्
