लायन्सको न्यानो अभियानलाई पोखरा टुरिजमको सहयोग

Share:

पोखरा, ५ माघ-
लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वान को बार्षिक कार्य योजना मुताविक डिस्ट्रिक गर्भनर द्धारा क्लबको अवलोकन गरेको छ । कार्यक्रममा डिस्ट्रिक गर्भनर पिएमजेएफ लायन ध्रुबबहादुर थापाले क्लबले छोटो समयमा नै सामाजिक कार्यमा राम्रो उपलब्धी हासिल गर्न सफल भएको क्लबलाई बधाई दिदै आगामी दिनमा अझ सशक्त ढंगले काम गर्न आग्रह गरे । क्लबका अध्यक्ष लायन प्रदिप कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ पोखरा सेती गण्डकीका अध्यक्षल एमजेएफ लायन मिलन थापाले लायनबादको सिद्धान्तलाई अनुसार क्लबले गर्नु पर्ने आफ्नो काम कर्तब्य समय मै गर्न सफल भएकोले नया भइकन पनि परिपक्व महसुस गरेको सुनाए ।

पुर्व मल्टिपल काउन्सिल चियरपर्सन पे्रमबहादुर श्रेष्ठले बिहानीले दिनको संकेत गर्दछ भनेझैं क्लबको पहिलो बर्षको काम नै निकै सन्तोषजनक रहेकोले आगामी बर्षमा क्लबले सामाजिक सेवामा अतुलनिय योगदान गर्नेमा कुनै शंका नरहेको बताए । उक्त अवसरमा रिजन चियर पर्सन एमजेएफ लायन देवकुमारी हिराचन, गभर्नस मिट कोअर्डिनेटर लायन दुर्गा ढकाल, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका प्रथम उपाध्यक्ष लायन सुदिप पौडेल, तृतिय उपाध्यक्ष लायन निरन केसी लगायतले बोलेका थिए ।

कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरुलाई लायन्स अन्र्तराष्ट्रिय बाट प्राप्त क्लब सदस्यताको प्रमाणपत्र तथा पिन बितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिब लायन सन्जय मल्लले गरेका थिए । यसैबिच लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानले भुकम्प पिडितका लागि जाडोका लागि थालेको न्यानो अभियानमा १५ हजार रुपैया हस्तान्तरण गरेको छ । क्लबले न्यानो अभियानका लागि हालै सम्पन्न बनभोज तथा पारिवारिक भेटघाट कार्यक्रममा थप रु १८ हजार संकलन गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: