ईराकमा १९ हजार सर्वसाधारण मारिए

Share:

इराक, ५ माघ-
सन् २०१४ को अक्टोबरदेखि सन् २०१५ को अन्त्यसम्म इराकमा भएको द्वन्द्वका कारण १८ हजार ८०२ सर्वसाधारण नागरिकको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घद्वारा मङ्गलबार सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको छ ।

इराकी सुरक्षाकर्मी र इस्लामिक स्टेट (आईएस) समूहबीच भएका द्वन्द्वका कारण १८ हजार ८०२ जनाको मृत्यु भएको र यसको दोब्बर अर्थात् ३८६ हजार २४५ जना घाइते भएको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी सार्वजनिक प्रतिवेदनअनुसार ठूलो सङ्ख्यामा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।

यस अवधिमा ३० हजार ५०० महिला तथा बालबालिका दासको रुपमा प्रयोग गरिएको तथ्याङ्कमा जनाइएको छ ।

त्यस्तै करिब ९०० जना बालबालिका अपहरणमा परेको प्रतिवेदनमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: