बाबुरामको ३५ सदस्यीय नयाँ शक्ति घोषणा

Share:

काठमाडौं, १० माघ-
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा आज नयाँ शक्ति घोषणा गरिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईको संयोजकत्वमा ३५ सदस्यीय नयाँ शक्ति घोषणा गरिएको हो । नयाँ शक्तिको संयोजकमा भट्टराई रहेपनि अन्य सबैलाई परिषद् सदस्यका रुपमा राखिएको छ । यसअघि नयाँ शक्ति निर्माण अभियानको केन्द्रीय परिषद २ सय ६५ सदस्यीय हुने भनिएको थियो ।
डा. भट्टराईको नयाँ शक्तिमा नायिका करिश्मा मानन्धर, पूर्वअर्थसचिव रामेश्वर खनाल, नायक सरोज खनाल, राजनीतिक विश्लेषक मुमाराम खनाल लगायत परेका छन्। घोषणा कार्यक्रममा उद्योगपति विनोद चौधरीले शुभकामना मन्तव्य दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: