इजरायलका पूर्वप्रधानमन्त्री जेल चलान

314
0
Share:

काठमाडौं, फागुन ३
इजरायलका पूर्वप्रधानमन्त्री इहुद ओल्मर्टलाई जेल चलान गरिएको छ ।

भ्रष्टाचारको अभियोग पुष्टि भएपछि उनलाई १९ महिनाका लागि म्यासीयाहु कारागार चलान गरिएको हो ।

जेरुसेलमको मेयर र उद्योगमन्त्री रहँदा अमेरिकी व्यापारीबाट अवैध रकम लिएको मुद्दामा त्यहाँको सर्वोच्च अदालतमा भएको सुनुवाइमा पनि उनी दोषी पाइएका थिए ।

ओल्मर्टले भने आफूले कुनै गलत नगरेको दाबी गर्दै आएका थिए । उनी सन् २००६ देखि सन् २००९ सम्म इजरेलका प्रधानमन्त्री रहेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: