
पोखरा ६ चैत्र,
नयाँ शक्ति कास्कीले वडा तथा गाविस भेलाहरुको कामलाई तिव्रता दिएको छ । शनिबार पो.उ.न.पा २७ नं. बडा हेम्जामा पनि नयाँ शक्तिले वडा परिषद घोषण गरेको छ । नयाँ शक्ति कास्कीका जिल्ला परिषद सदस्य बाबुराम अधिकारीको सभापतित्वमा भएको कार्यक्रमले लिलाधर अधिकारीको संयोजकत्वमा ५० सदस्यीय वडा परिषद गठन गरेको छ । जसको सदस्यहरुमा बुद्धि बहादुर अर्बुजा पुन,सपना जैसी ,पुनम सार्की,लालमाया भुजेल।जयलाल अधिकारी ,मन कुमारी पौडेल ,अनुप कार्की,खड्क सुनार ,सुमन तिमिल्सिना ,लक्ष्मी गुरुङ,दिपेन्द्र कार्की ,ईन्द्र बहादुर कुँवर ,भक्त बहादुर पराजुली ,सारदा पौडेल ,यम बहादुर शाही,ईश्वरी प्रसाद पौडेल ,गिता उपाध्यय ,सबिना थापा मगर ,लोकनाथ पौडेल लगायत रहेका छन् ।
नयाँ शक्ति कास्कीले शनिबार पो.उ.न.पा २७ नं. बडा हेम्जामा भएको भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि किरण थापाले देशमा राजनीतिक चरणको अन्त्य र आर्थीक चरणको सुरुवात भएको कारणले गर्दा नयाँ पार्टीको आवश्यकता भएको हुनाले नयाँ शक्ति आवश्यक बताए । उनले भने –‘अब हामीले दक्ष जनशक्ति निर्यात गर्ने मात्र होईन कि हाम्रा देशमा उत्पादित बस्तुहरुको पनि निर्यात गर्नुपर्ने भएको छ । त्यसका लागि नयाँ शक्तिले आर्थिक बिकासको एजेण्डा तयार गरेको छ । ’ भेलामा नयाँ शक्तिका केन्द्रिय परिषद सदस्यहरु देवि सुवेदी ,जिल्ला परिषद सदस्य लक्ष्मी खातीले अतिथीको मन्तब्य राखेका थिए ।
