
हेमजा २३, असार-
हेमजामा महिला कृषकहरुका लागि बेमौसमी तरकारी खेती सम्बन्धी ३ दिने तालिम आज देखि सुरु भएको छ ।
दहेरदेउराली आमा समुहको आयोजनामा पोखरा उपमहानगरपालिकाको सहयोग तथा समन्वयमा तालिम सञ्चालन भएको हो । तालिममा देहरेदेउराली आमा समुहका सदस्यहरु सहभागी भएका छन् ।
तालिमको सहजीकरण कृषि सेवा केन्द्र हेमजा गैरीका प्राविधिक सहायक गुरुप्रसाद अर्याल लगायतले गर्नेछन् ।
तालिम उद्घाटन सत्रको अवसरमा बोल्दै प्रमुख अतिथि वडा नं २९ सचिव ईश्वरी प्रसाद बाँस्तोलाले तालिमका सिकेका कुराहरुलाई व्यवहारमा उर्तान सुझाव दिए ।
उद्घाटन सत्रमा बोल्दै नेपाली काँग्रेस वडा ईकाई सभापति मधुसुधन त्रिपाठी, नेकपा एमाले वडा इकाई कमिटि अध्यक्ष श्रीराम त्रिपाठी, वडा नागरिक मञ्चका संयोजक दयाराम बाँस्तोला, वडा महिला समन्वय समिति संयोजक विष्णु बाँस्तोला लगायतले कृषकहरुका निमित्त सञ्चालित यस्ता तालिम फलदायी भएको बताए ।
