पोखराको साइनिङ अस्पताल सार्वजनिक जग्गामा बनेको पुष्टि, बल्ल भयो फैसला

Share:

पोखरा, २८ असार-
पोखरा उपमहानगरपालिका वडा नं. १ टुडिखेल स्थित विगतमा साइनिङ्ग हस्पिटल रहेको ७० वर्षदेखि विवादित रहेको ६५ रोपनी जग्गा सार्वजनिक भएको पुनरावेदन अदालत पोखराले फैसला गरेको छ ।
नागरिक समाजवादी र गोपालभुषण पराजुली प्रतिवादी रहेको उक्त मुद्धा पुनरावेदन अदालतका न्यायधीस डम्बरबहादुर शाहको इजलासले शुरु फैसला सदर गर्दै उक्त जग्गा सार्वनजिक भएको आइतवार फैसला गरेको हो ।
यस अघि कास्की जिल्ला अदालतबाट न्यायधीस रामप्रसाद अधिकारीको इजलासले उक्त जग्गा सार्वजनितक भएको फैसला गरे पछि प्रतिवादीको तर्फबाट पुनरावेदन गरिएको थियो ।
जग्गा सार्वजनिक भएको फैसला पश्चात लामो आन्दोलनमा रहेको स्थानियवासीले सार्वजनिक सम्पक्तिको संरक्षण भएको भन्दै खुशी व्यक्त गरेको मुद्धाका वादी नागरिक समाजकी अध्यक्ष माया गुरुङले बताइन् ।

कमेन्ट गर्नुहोस्
Share: