लमजुङमा १५ हजार अलैचीका बिरुवा वितरण

Share:

श्यामशीत्तल परियार
लमजुङ, ३१ असार-
अलैंची खेतीतर्फ आकर्षित भएका किसानलाई १५ हजार अलैंचीका बिरुवा वितरण गरिएको छ । लमजुङ उद्योग बाणिज्य संघले अलैची पकेट क्षेत्रका किसानहरुको हौसला बढाउन बिरुवा वितरण गरेको हो ।
बबिष्अजभभ ज्ञनेपाल ब्यापार एकिकृत रणनिति कार्यक्रम (एन्टिआइएस) कार्यक्रम अन्तर्गत अलैची खेती विस्तार गर्नको लागि लमजुङ उद्योग बाणिज्य संघले विरुवा वितरण गरेको संघका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । एक कार्यक्रमको आयोजना गरी १३ जना कृषकलाई बिरुवा वितरण गरिएको हो । संघले बाँझाखेत–४ का लालजंग तामाङ, बाहुनडाँडा–५ का चित्रबहादुर घिमिरे, कर्ण्सिंह तामाङ, भुलभुले–९ का सोमबहादुर तामाङ, केशलाल तामाङ, ८ का रीना तामाङ, पसगाउँका होमबहादुर गुरुङ, गिलुङस्थित आमा समुह अलैची कृषक समुह, बन्सारस्थित दोवन अलैची कृषक समुह लगायतका १३ जनालाई गोन्साई जातको बिरुवा वितरण गरिएको छ ।
कार्यक्रमकै अवसरमा कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले जिल्लाका किसानहरुले अलैची खेतीबाट मनग्य आम्दानी गरेको भन्दै अझ यसको विकासमा निखार ल्याउन किसानहरुलाई आग्रह गरे । उनले जिल्लाका किसनाहरुमा आफ्नो गाउँको उचाई कति छ भनेर थाहा नपाएका कारण केही किसानहरु असफल भएको बताए । उनले अब कृषि कार्यालयले प्रत्येक गाउँको उचाई नाप्ने र सोही अनुरुपका विरुवा लगाउन सुझाव दिने जानकारी दिए ।
यस्तै संघका अध्यक्ष रामकुमार श्रेष्ठले किसानलाई अलैची खेतीतर्फ आकर्षित गर्न यस्ता कार्यक्रम ल्याएको बताए । यता नेपाल अलैंची ब्यवसायी महासंघ लमजुङका महासचिव अजय तामाङले जिल्लामा उत्पादन भएको अलैचीलाई अन्य मुलुकमा पनि लैजानको लागि यसको गुणस्तरमा लाग्नुपर्ने बताए । उनले जिल्लालाई अलैंचीको नमुना जिल्ला बनाउनको लागि सबै एकजुट हुनुपर्नेमा समेत जोड दिए ।

कमेन्ट गर्नुहोस्
Share: