चौथो नदीपुर कपलाई नदीपुर युथ युकेको मुख्य प्रायोजक

Share:

पोखरा, ५ असोज-
चौथौ संस्करणको नदीपुर कपको मुख्य प्रायोजक नदीपुर युथ युकेले गर्ने भएको छ । नदीपुर क्लव पोखरा ३ नदीपुरले आयोजना गर्न लागेको चौथो संस्करणको नदीपुर कप सेभेन ए साइड फुटवल प्रतियोगिताको मुख्य प्रायोजक नदीपुर युथ युकेले गर्ने भएको क्लवका अध्यक्ष शिव पौडेलले जानकारी दिए । आगामी असोज १९ देखि २२ गते सम्म नदीपुर स्थित नगर बिकास प्रशिक्षण केन्द्रको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको उप प्रायोजक नदीपुर साउदी अरबले गर्ने भएको छ ।

झण्डै ३० टीमको सहभागीता रहने उक्त प्रतियोगिताको बिजेताले ५० हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछनभने उपबिजेताले २५ हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र हात पार्नेछन । प्रतियोगितामा बेष्ट प्लेयर, हाई स्कोर, बेष्ट गोल किपर, बेष्ट डिफेन्डर र फेयर टीमलाइ ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक सुरज पालिखेले जानकारी दिए । तेश्रो संस्करणको नदीपुर कपको उपाधि बगर युनाइटेड क्लवले हात पारेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: