
बिग न्यूज
पोखरा, १४ कात्तिक । तिहारको अवसरमा बिग एफएममा जारी रेडियो गेम शो ‘तिहारको खेल, मज्जाको खेल’ अन्तरगत पहिलो दिन तीन जनाले नगद जितेका छन् । नगद जित्नेहरुमा सागर बराल, निशा गुरुङ र निरज भुजेल रहेको एफएमले जनाएको छ ।
एसएमएसमार्फत नाम दर्ता गराएका स्रोताहरुमध्ये लक्की ड्रबाट यी तीनजना छानिएका थिए । छानिएका तीन जनाले रेडियो गेम शोमा सहभागिता जनाएर नगद जितेका हुन् । पुम्दीभुम्दीका सागर बरालले ५ हजार, कमलपोखरीकी निशा गुरुङले १ हजार र निरज भुजेलले १ रुपैयाँ जितेको एफएमले जनाएको छ ।
यो पटकको तिहारको खेल गोबद्र्धन पूजाको दिनसम्म चल्नेछ । रेडियो गेम शो अन्तरगत स्रोताहरुले २० हजार रुपैयाँसम्म जित्न सक्नेछन् । रेडियो गेम शो मा सहभागिताका लागि स्रोताहरुले एसएमएसमार्फत नाम दर्ता गराउनुपर्नेछ । BIG लेखेर स्पेस दिई FM लेखि ३४३२१ मा एसएमएस गरेर आफ्नो नाम दर्ता गराउन सकिने एफएमले जनाएको छ ।
कार्यक्रमको मूख्य प्रायोजन पश्चिमाञ्चल मल्टिटेक्निकल एकेडेमीले गरेको हो ।
