राष्ट्रसंघका पूर्वमहासचिव मुनले कोरियाको राष्ट्रपति पदका लागि उम्मेद्वारी नदिने

Share:

सोल, २० माघ–
संयुक्त राष्ट्रसङ्घका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफू उम्मेदबार नहुने बताएका छन् ।

आफ्नो मातृदेशमा भएको आकस्मिक पत्रकार सम्मेलनमा उनले आफू राष्ट्रपतिको दौडमा नभएको स्पष्ट पारेका हुन् ।

देशमा राजनीतिक परिवर्तन गराउने र राष्ट्रिय एकतामा बाँध्ने आफ्नो इच्छा शक्तिलाई देशका नेतामार्फत् लगाउने पनि बानले संवाददातालाई बताए । उनले आफ्नो यो निर्णयबाट आफ्ना शुभेच्छुकलाई चित्त दुःखेपनि आफू राष्ट्रपतिको उम्मेदवार नहुने जानकारी दिए ।

उनले अहिलेसम्म कहिल्यै पनि आफू राष्ट्रपतिका लागि उम्मेदवार हुने औपचारिक रुपमा कहीँ बताएका छैनन् । उनले आयोजना गर्नुभएको पत्रकार सम्मेलन कुनै पूर्वतयारीबिना भएको थियो । उनी गत जनवरी १२ मा मात्रै आफ्नो देश दक्षिण कोरिया फर्किएका हुन् ।

मुनले सम्हालेको संयुक्त राष्ट्रसङ्घको सबैभन्दा माथिल्लो पदको दोस्रो पाँचवर्षे कार्यकाल गत वर्षको अन्तिममा सम्पन्न भएको थियो । उनले आफूसँग सहकार्य गर्न चाहने तथा सहयोग लिन चाहाने जो सुकैलाई पनि आफूले सहयोग र सल्लाह दिन सक्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: