
माघ २० गते-
प्रहरी प्रधान कार्यालयले करिब २७ पदका लागि आवेदन माग गरेको छ । कार्यालयले २६ सय ७८ पदका लागि आवेदन खोलेको हो । प्राविधिकतर्फ एक हजार ३३ र जनपदतर्फ १६ सय ४५ जना प्रहरी जवान माग गरेको हो ।
सबैभन्दा धेरै सञ्चार प्राविधिकका लागि ७ सय १८ जनाका लागि र सबैभन्दा कम हातहतियार प्राविधिक ५ पदका लागि दरखास्त माग गरिएको छ ।
फागुन १ गतेदेखि ३० गतेसम्म दरखास्त दिन सकिनेछ । जनपद समूहतर्फ पनि १६ सय ४५ जना नयाँ प्रहरी भर्नाका लागि प्रहरी प्रधान कार्यालयले दरखास्त खुल्ला गरेको छ ।
कमेन्ट गर्नुहोस्
