
रेम बिक
पोखरा, २० माघ । सातौँ बिग आइकन अन्तरगत विहिबारदेखि दोस्रो चरणको अडिसन शुरु भएको छ । दोस्रो चरणका लागि छनौट भएका १ सय १९ जना प्रतिस्पर्धीमध्ये विहिबार ५७ जनाले तेस्रो चरणका लागि छनौट भएका छन् । दोस्रो चरणको पहिलो दिनको अडिसनमा ८२ जनाले प्रतिस्पर्धा गरेका थिए । बाँकी ३७ जना प्रतिस्पर्धीले शुक्रबार अडिसन दिने एफएमले जनाएको छ ।
यो सिजन अन्तरगत ५४ जिल्लाका कुल ११ सय ५२ जना गायन प्रतिभाहरुले सहभागिता जनाएका थिए । पहिलो चरणको अडिसन ३ दिनसम्म चलेको थियो । ‘बिग आइकनको मञ्चमा यो पटक त अघिल्ला वर्षको तुलनामा पनि अझै बढि खारिएका प्रतिभाहरु आएका छन् ।’ निर्णायक मध्येका एक श्यामसुङ तामाङले भने–‘अघिल्ला चरणमा अझै बढि कडा प्रतिस्पर्धा हुने निश्चित छ ।’
गायन प्रतिभाहरुका लागि उत्कृष्ट मञ्चको रुपमा स्थापित बिग आइकनको यो सँस्करण निकै भव्य हुने आयोजक बिग एफएमले समते जनाएको छ । बिग आइकनको यो सिजन अन्तरगत अझै १७ चरणको अडिसन बाँकी छ । करिब २ महिनासम्म चल्ने यो सिजनको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका छन् ।
यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
हालसम्म म्याग्दीका गगन पुन, पोखराका सुमन गौतम, सर्लाहीका नबिन काफ्ले, बिरौटाकी मुस्कान रानाभाट, मुस्ताङका कुन्साङ गुरुङ र चितवन पटिहानीका साजन आलेले बिग आइकनको उपाधी चुमिसकेका छन् । यी सबै बिग आइकन बिजेताहरु साँगीतिक फाँटमा क्रियाशिल रहेको बिग एफएमले जनाएको छ ।
यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।
प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।
त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।
तस्वीर: निशद श्रेष्ठ/जक्शन डटकम
