करेन्ट लागेर बिद्युत प्राधिकरणका तीन कर्मचारी घाइते

Share:

बिग न्युज पोखरा ६ बैशाख । पोखराको मासबारमा विद्युत ट्रान्समिटर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीहरु घाईते भएका छन् । बुधबार बिहान साढे सात बजेतिरको समयमा मर्मत गरिरहेको बेला तीन कर्मचारीलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर विद्युत प्राधिकरण पोखरामा कार्यरत पदम बहादुर पुन, भुवन बहादुर मगर र राजेन्द्र हमाल घाइते भएका छन् । घाइते पुन र मगरको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । गम्भिर घाइते पुनको खुट्टा जलेको छ । सामान्य घाइते हमाल मेट्रोसिटि हस्पिटलमा उपचार पछि घर फर्किएका छन् ।

पोखरा उक्त क्षेत्रमा विद्युत आपुर्ति बन्द भएको छ । केन्द्रिय प्रशारण लाइनमा समस्या देखिएपछि पोखराका विभिन्न स्थानमा बिहानैदेखि विद्युत आपूर्ति बन्द भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: