
२७ मंसिर,काठमाडौँ। प्रधानन्यायाधीस ओमप्रकाश मिश्रको उत्तराधिकारी चोलेन्द्र शमशेर राणा बन्ने भएका छन् । बिहीबार विहान बसेको सम्बैधानिक परिषदको बैठकले प्रधानन्यायाधीसमा राणाको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको हो।
प्रधानन्यायाधीसका लागि बरिष्ठ न्यायाधीसद्वय दीपकराज जोशी र राणा दावेदार थिए। जोशीको नाम मिश्र अघि प्रस्तावित भएपनि संसदीय सुनुवाई समितिले अस्वीकार गरेको थियो।
कमेन्ट गर्नुहोस्
